३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै हतकडी लगाइएको रहेछ- गृहमन्त्री गुरुङ

Author

सजिलो पत्रिका

२०८२ चैत २२, आइतबार

22
Share
Featured
  • गृहमन्त्री सुदन गुरुङ ले विगत ३६ वर्षसम्म सुरक्षाकर्मीलाई स्वतन्त्र रूपमा काम गर्न नदिएको भन्दै कडा टिप्पणी गरे।
  • उनले अघिल्ला सरकारहरूले सुरक्षा निकायमाथि नियन्त्रण राख्दै अपराधीलाई संरक्षण गरेको संकेत गरे।
  • गुरुङ मन्त्री बनेपछि गुण्डागर्दी र ठूला भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि कारबाही तीव्र भएको र जनताबाट समर्थन बढेको उल्लेख छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री सुदन गुरुङले विगत ३६ वर्षदेखि सुरक्षाकर्मीको हात बाँधिएको (हतकडी लगाइएको) भन्दै कडा टिप्पणी गरेका छन्। काठमाडौंका विभिन्न स्थानमा गुण्डागर्दीमा संलग्न युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, "३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ।" उनको यो भनाइले विगतका सरकारहरूले सुरक्षा निकायलाई स्वतन्त्र रूपमा काम गर्न नदिएको र अपराधीलाई संरक्षण गरेकोतर्फ संकेत गरेको छ।

सुधन गुरुङ गृहमन्त्री बनेयता गुण्डागर्दी मात्र नभई ठूला भ्रष्टाचार काण्डमा मुछिएका प्रभावशाली नेता र व्यापारीहरूलाई समेत पक्राउ गर्ने क्रम तीव्र बनेको छ। सुरक्षा निकायलाई राजनीतिक दबाबमुक्त राखेर काम गर्न दिने उनको पछिल्लो कदमको सर्वसाधारणले प्रशंसा गरिरहेका छन्।


यो समाचारमा

सुदन गुरुङकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...