सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

Author

सजिलो पत्रिका

२०८२ चैत २१, शनिबार

30
Share
Featured

काठमाडौँ

खोटाङको भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता भएको लामो समयसम्म पनि निर्माण कार्य सुरु नगर्ने १९ वटा निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।

कार्यालयका अनुसार २६ वटा योजनामा ठेक्का सम्झौता भए पनि तीमध्ये १९ निर्माण कम्पनीले सम्झौता गरेको करिब दुई महिना बितिसक्दा समेत काम सुरु नगरेपछि सात दिनभित्र स्पष्ट कारणसहित स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको हो।

निर्माण कम्पनीहरूले समयमै काम सुरु नगर्दा विकास योजना प्रभावित हुने, वर्षायाम नजिकिँदै जाँदा कामको गुणस्तरमा असर पर्ने तथा आर्थिक वर्षको अन्त्यमा बजेट फ्रिज हुने जोखिम बढ्ने भएकाले यस्तो कदम चालिएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख इन्जिनियर विनम दाहालका अनुसार समयमा काम सुरु नगरेमा योजनाहरू अधुरै रहने र स्थानीय नागरिकले सेवा सुविधा पाउन ढिलाइ हुने भएकाले निर्माण कम्पनीहरूलाई तत्काल काम अघि बढाउन निर्देशन दिइएको हो।

स्पष्टीकरण नबुझाउने वा चित्तबुझ्दो जवाफ नदिने कम्पनीहरूलाई कानुनअनुसार कारबाही गर्दै बैंक जमानत जफत गर्ने प्रक्रिया अघि बढाइने कार्यालयले चेतावनी दिएको छ।

यस आर्थिक वर्षमा जिल्लामा १२३ वटा योजनामा ठेक्का सम्झौता भएको र तीमध्ये अधिकांश योजनाको काम तीव्र गतिमा अघि बढिरहेको कार्यालयले जनाएको छ। साथै केही योजना जग्गा विवादका कारण अघि बढ्न नसकेको र केही योजनालाई बहुवर्षीय योजनामा समावेश गर्न प्रदेश सरकारमा सिफारिस गरिएको पनि कार्यालयले स्पष्ट पारेको छ।

यो समाचारमा

काठमाडौँखोटाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...