मलाई 'गगनको ससुरा' मा मात्र सीमित गर्ने षड्यन्त्र भयो- अर्जुननरसिंह केसी

Author

सजिलो पत्रिका

२०८२ चैत २१, शनिबार

25
Share
Featured
  • अर्जुननरसिंह केसी ले आफूलाई ‘गगनको ससुरा’ मात्र भनेर चिनाउने प्रयास षड्यन्त्र भएको दाबी गरे।
  • गगन थापा सँगको पारिवारिक सम्बन्धले आफ्नो दशकौँ लामो राजनीतिक योगदान ओझेलमा पारिएको भन्दै आपत्ति जनाए।
  • यस्तो प्रचार आफू र गगन थापा दुवैलाई कमजोर बनाउन गरिएको भन्दै उनले यसलाई लोकतान्त्रिक संस्कारविपरीत बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह के.सीले आफूलाई पार्टी सभापति गगन थापाको ससुरा भएकै कारण अवसर पाएको भनी लगाइने आरोपको कडा खण्डन गरेका छन्। 'न्युज एजेन्सी नेपाल' सँग कुरा गर्दै उनले आफ्नो दशकौँ लामो राजनीतिक संघर्ष र पहिचानलाई ओझेलमा पार्न यस्तो भाष्य बनाइएको बताए।

नेता केसीले २०१७ सालमा राजा महेन्द्रको 'कु' विरुद्ध पर्चा बाँड्दा आफू जेल परेको स्मरण गर्दै आफ्नो छुट्टै राजनीतिक इतिहास रहेको दाबी गरे। "पार्टी निर्माण र लोकतन्त्रका लागि मेरो योगदान थाहा नभएकाहरूले मात्र मलाई गगनको ससुराका रूपमा चिन्छन्," उनले भने, "देशले विश्वास गरेको ज्वाइँसँग नाम जोडिनु गर्वको कुरा भए पनि मलाई त्यसमा मात्र सीमित गर्नु अन्यायपूर्ण छ।"

उनले यसलाई आफू र गगन थापा दुवैलाई राजनीतिक रूपमा कमजोर पार्न (तेजोबध गर्न) रचिएको 'बनिबनाउ षड्यन्त्र' को संज्ञा दिए। यस्तो प्रचारबाजी कांग्रेसभित्रैबाट र अन्य विभिन्न कोणबाट जानीजानी भइरहेको भन्दै उनले आपत्ति जनाए। केसीले आफ्नो व्यक्तिगत पहिचानलाई पारिवारिक सम्बन्धसँग जोडेर राजनीतिक लाभ-हानिको विषय बनाइनु लोकतान्त्रिक संस्कार विपरीत भएको उल्लेख गरे। -न्युज एजेन्सी नेपाल

यो समाचारमा

गगन थापानेपाली काँग्रेसकाठमाडौँअर्जुन नरसिंह के.सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...