डा. शेखर कोइरालाको स्पष्टीकरण- 'म कुनै गुटमा छैन'

Author

सजिलो पत्रिका

२०८२ चैत २१, शनिबार

18
Share
Featured
  • शेखर कोइराला ले आफू कुनै गुटमा नभएको स्पष्ट पार्दै कांग्रेसलाई एकढिक्का बनाउनु आफ्नो लक्ष्य रहेको बताए।
  • नेपाली कांग्रेस लाई आगामी निर्वाचनमा पहिलो शक्तिको रूपमा स्थापित गर्ने इच्छा व्यक्त गरे।
  • बिपीको नाममा सञ्चालित अस्पताललाई प्रभावकारी बनाउन अवकाशप्राप्त चिकित्सकहरूको भूमिका महत्त्वपूर्ण हुने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता डॉ. शेखर कोईरालाले आफू पार्टीभित्रको कुनै पनि समूह वा गुटमा नरहेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौँमा आयोजित बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै उनले सामाजिक सञ्जालमा आफूलाई विभिन्न पक्षसँग जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाए।

नेता कोइरालाले आफ्नो मुख्य लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउनु रहेको र त्यसका लागि अन्तिमसम्म प्रयास गर्ने बताए। आगामी निर्वाचनमा कांग्रेसलाई मुलुकको पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गराउनु नै आफ्नो इच्छा रहेको उनको भनाइ थियो। सोही अवसरमा उनले बिपीको नाममा स्थापित अस्पताललाई प्रभावकारी बनाउन अवकाशप्राप्त चिकित्सकहरूको योगदान महत्त्वपूर्ण हुने समेत उल्लेख गरे।

यो समाचारमा

काठमाडौँडॉ. शेखर कोईरालानेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...