मलाई प्रयोग गरेर गगन थापामाथि प्रहारको प्रयास : अर्जुन नरसिंह केसी

Author

सजिलो पत्रिका

२०८२ चैत २१, शनिबार

21
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह के.सीले आफूलाई प्रयोग गरेर पार्टी सभापति गगन थापामाथि प्रहार गर्न खोजिएको आरोप लगाएका छन्। उनले ससुरा–ज्वाइँको सम्बन्धलाई आधार बनाएर आफू र थापाविरुद्ध योजनाबद्ध रूपमा टिप्पणी र आलोचना गरिएको बताएका हुन्। यस्तो गतिविधि पार्टीभित्रकै केही तत्वबाट प्रेरित षड्यन्त्र भएको उनको दाबी छ।

केसीले आफ्नो लामो राजनीतिक यात्रालाई बेवास्ता गर्दै केवल गगन थापाको ससुरा भएको आधारमा मूल्याङ्कन गरिनु अनुचित भएको बताए। वि.सं. २०१७ पुस १ गते राजा महेन्द्रले गरेको कू विरुद्ध आन्दोलनमा सहभागी हुँदै जेल जीवन बिताएको स्मरण गर्दै उनले आफ्नो स्वतन्त्र पहिचान रहेको उल्लेख गरे। पार्टी निर्माण र लोकतन्त्र स्थापनामा आफूले खेलेको भूमिकाबारे अनभिज्ञहरूले मात्र यस्तो आरोप लगाउने उनको भनाइ छ।

उनले आफ्नो नाम गगन थापासँग जोडेर गरिने टीकाटिप्पणीलाई ‘बनिबनाउ षड्यन्त्र’को संज्ञा दिएका छन्। कांग्रेसभित्रैबाट आफ्नो पहिचान सीमित पार्ने प्रयास भएको भन्दै उनले आपत्ति जनाए। साथै, पारिवारिक सम्बन्धलाई आधार बनाएर राजनीतिक मूल्याङ्कन गर्नु उचित नभएको उनले प्रष्ट पारे।

पूर्वप्रधानमन्त्रीहरू गिरिजा प्रसाद कोईरालासुशील कोइराला लगायतका नेताहरूको उदाहरण दिँदै केसीले पार्टीमा योगदानका आधारमा अवसर पाइने परम्परा रहेको बताए। उनले सञ्चारमाध्यमलाई आफ्नो योगदानबारे यथार्थ जानकारी दिन आग्रह गर्दै निष्पक्ष मूल्याङ्कनको अपेक्षा पनि व्यक्त गरे।

केसीले आफू रूपान्तरण र पुस्तान्तरणको पक्षमा उभिएको बताउँदै विशेष अधिवेशनको समर्थन गरेको उल्लेख गरे। कांग्रेस परिवर्तन नचाहने समूहले आफूलाई माध्यम बनाएर गगन थापामाथि प्रहार गर्न खोजेको उनको निष्कर्ष छ।

यो समाचारमा

गगन थापागिरिजा प्रसाद कोईरालानेपाली काँग्रेससुशील कोइराला
अर्जुन नरसिंह के.सी5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...