दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

Author

सजिलो पत्रिका

२०८२ चैत २१, शनिबार

22
Share
Featured

काठमाडौँ, २१ चैतः नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना गरिएको ‘दशौँ भक्तपुरऔद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’को तयारी तीव्र पारिएको छ । औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज व्याण्डको आयोजनामा यही चैत २६ गतेदेखि आगामी वैशाख ६ गतेसम्म भक्तपुरस्थित सल्लाघारीमा महोत्सव हुँदैछ ।

भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको सङ्गमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको संयोजक दीपक थापाले जानकारी दिनुभयो । महोत्सवको तयारी तीव्र पारिएको उहाँको भनाइ छ । महोत्सवमार्फत उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउनुका साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवद्र्धन गरिने छ । महोत्सवमा १८० भन्दा बढी स्टल रहनेछन् । ती स्टलमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिनेछ । महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन बिज’ को प्रतिकृक्ति (स्ट्याचु) राखिनेछ ।

महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधनहरू व्यवस्था गरिनेछ । त्यसैगरी विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारको विशेष साङ्गीतिक प्रस्तुति (विशेष कन्सर्ट) दैनिक रूपमा आयोजना गरिनेछ । महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्नका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । महोत्सवअन्तर्गत आगामी वैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकार सहभागितामा सांस्कृतिक कार्यक्रम (कन्सर्ट) आयोजना हुनेछ । महोत्सवमा रु पाँच करोड बढीको आर्थिक कारोबार हुने र दुई लाख बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

यो समाचारमा

काठमाडौँभक्तपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...