रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान

Author

सजिलो पत्रिका

२०८२ चैत २०, शुक्रबार

29
Share
Featured

काठमाडौँ

सामुदायिक कुकुर तथा बिरालोबाट रेबिज फैलन नदिन चितवनको कालिका नगरपालिका, चितवनले स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप अभियान सम्पन्न गरेको छ । सामुदायिक कुकुर तथा बिरालोहरू जङ्गली जनावरसँग सम्पर्कमा आउने भएकाले रोग फैलिने जोखिम उच्च हुने भन्दै अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका पशु चिकित्सक डा राजुप्रसाद न्यौपानेले नेपाल सरकारको लक्ष्यअनुसार रेबिज नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । अभियानअन्तर्गत नगरपालिकाका सबै वडामा पुगेर कुकुर तथा बिरालो सङ्कलन गरी बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप लगाइएको उहाँले जानकारी दिनुभयो । 

यही चैत १२ देखि १४ गतेसम्म दुई सय ७२ कुकुर र दुई बिरालोको स्थायी बन्ध्याकरण गरिएको थियो । “यो कार्यक्रम गतवर्ष सञ्चालन गरिएको थियो, त्यसको निरन्तरता र सामुदायिक कुकुर बिरालो नियन्त्रणलाई अझ प्रभावकारी बनाउन यस वर्ष पनि अभियान सञ्चालन गरिएको हो”, डा न्यौपानेले भन्नुभयो । 

नेपाल सरकारले सन् २०३० सम्म कुकुर तथा बिरालोका कारण हुने रेबिजबाट मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको र सोही लक्ष्यअनुसार ‘एनिमल बर्थ कन्ट्रोल’ कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरिएको जनाइएको छ । गतवर्ष करिब एक सय ५० कुकुर तथा बिरालोको बन्ध्याकरण गरिएको थियो । 

बन्ध्याकरणपछि स्वास्थ्य अवस्था जाँच गरी आवश्यक उपचारसमेत गरिएको डा न्यौपानेले जानकारी दिनुभयो ।

यो समाचारमा

काठमाडौँचितवनकालिका नगरपालिका, चितवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...