मुग्लिन–नागढुङ्गा सडकखण्डमा मर्मतका लागि थप तीन रात सवारी आवागमन बन्द

Author

सजिलो पत्रिका

२०८२ चैत १९, बिहिबार

25
Share
Featured

काठमाडौँ

मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गत चितवनको घोप्टेभीर क्षेत्रमा भइरहेको मर्मत तथा स्तरोन्नति कार्यका कारण थप तीन दिन रातिको समयमा सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार चैत २०, २१ र २२ गते राति १० बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक पूर्ण रूपमा बन्द रहनेछ।

यसअघि पनि चैत १७ देखि १९ गतेसम्म सोही समयमा सडक बन्द गरेर मर्मत कार्य सञ्चालन गरिएको थियो। तर, कार्य सम्पन्न गर्न अझै समय आवश्यक परेकाले पुनः समय थप गरिएको प्रशासनले जनाएको छ।

मुग्लिन–नागढुङ्गा सडक आयोजना कार्यालयका अनुसार मर्मतका क्रममा कडा चट्टान फोड्ने तथा सफा गर्ने काम बाँकी रहेकाले थप समय आवश्यक परेको हो। स्थलगत अनुगमन तथा आयोजनाको अनुरोधका आधारमा प्रशासनले सडक बन्दको समय लम्ब्याएको जनाएको छ।

उक्त अवधिमा एम्बुलेन्स जस्ता अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ। आवश्यक जनशक्ति र मेसिनरी परिचालन गरी तीव्र गतिमा काम भइरहेको भए पनि कार्य बाँकी रहेकाले बाध्यात्मक रूपमा समय थप गर्नुपरेको प्रशासनले स्पष्ट पारेको छ।

यो समाचारमा

चितवनकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...