पूर्वयुवराज पारस शाह नर्भिक अस्पतालमा भर्ना, पेसमेकर परिवर्तनबारे परामर्श जारी

Author

सजिलो पत्रिका

२०८२ चैत १९, बिहिबार

28
Share
Featured

काठमाडौँ

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। उनी आज बिहान काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएको अस्पताल स्रोतले जनाएको छ।

स्रोतका अनुसार शाह नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका हुन्। उनको स्वास्थ्य अवस्था मूल्याङ्कनका लागि चिकित्सकहरूको टोलीले परीक्षण गरिरहेको छ।

चिकित्सकहरूले उनको मुटुमा जडान गरिएको पेसमेकर परिवर्तन गर्ने विषयमा पनि परामर्श गरिरहेका छन्। पेसमेकर मुटुको धड्कन नियमित राख्न प्रयोग गरिने उपकरण हो।

पूर्वयुवराज शाहले यसअघि पनि पटक–पटक हृदयघातको समस्या भोगिसकेका छन्। उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ।

यो समाचारमा

काठमाडौँपारस शाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...