बलात्कारको धम्की र चरित्र हत्या गर्नेविरुद्ध अमिशा पराजुलीको साइबर ब्युरोमा उजुरी

Author

सजिलो पत्रिका

२०८२ चैत १८, बुधबार

20
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) समर्थक जेनजी अभियन्ता अमिशा पराजुलीले सामाजिक सञ्जालमा आफूमाथि भएको चरित्र हत्या, गालीगलौज र बलात्कारको धम्कीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन्।

भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा दिएको उजुरीमा उनले सामाजिक सञ्जालमा आफ्नो भिडियोको दुरुपयोग गर्ने, गालीगलौज गर्ने तथा धम्की दिने सबैविरुद्ध कारबाहीको माग गरेकी हुन्।

पराजुलीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अभिव्यक्ति दिएपछि उनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अमानवीय टिप्पणी, गालीगलौज तथा बलात्कारको धम्कीसमेत आएको थियो।

उनले आफूले कुनै गलत काम नगरेको र अभिव्यक्त पनि सही उद्देश्यका साथ दिएको दाबी गर्दै अनावश्यक रूपमा साइबर बुलिङ गरिएको बताएकी छन्। परिवारको समर्थन रहेको उल्लेख गर्दै उनले कानुनी प्रक्रियाबाट अघि बढ्ने बताएकी छन्।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...