धरौटीमा छुटाइदिने बहानामा ९ लाख ठगी गर्ने दम्पती पक्राउ

Author

सजिलो पत्रिका

२०८२ चैत १८, बुधबार

17
Share
Featured

काठमाडौँ

प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाएर ९ लाख रुपैयाँ ठगी गर्ने एक दम्पतीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–मण्डिखाटार, हलेसी महादेव मार्ग बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) रहेका छन्।

प्रहरीका अनुसार भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा पक्राउ परेर हाल जगन्नाथदेवल (सुनधारा) कारागारमा पुर्पक्षका लागि थुनामा रहेका तीन जना प्रतिवादीलाई धरौटीमा छुटाइदिने भन्दै उनीहरूले रकम असुलेका थिए।

हरि बहादुर थापा मगरले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग आफ्नो राम्रो चिनजान रहेको दाबी गर्दै ‘सेटिङ’ मिलाएर धरौटीमा छुटाइदिने आश्वासन दिएका थिए। उनले धरौटी रकम र वकिलको खर्चका नाममा पीडित पक्षसँग पैसा मागेका थिए।

योजनाअनुसार रकम उनकी श्रीमती मिठु मगरको बैंक खातामा जम्मा गराइएको थियो। तर रकम बुझाइसकेपछि पनि काम नभएपछि ठगी भएको पुष्टि भएको हो।

प्रहरीले दम्पतीलाई मण्डिखाटारबाट नियन्त्रणमा लिएर ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...