खाजा समयमा पनि सेवा सञ्चालन गर्ने ललितपुर जिल्ला अदालतको निर्णय

Author

सजिलो पत्रिका

२०८२ चैत १८, बुधबार

20
Share
Featured

काठमाडौँ

ललितपुर जिल्ला अदालत
ले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै अबदेखि खाजा समयमा पनि नियमित सेवा प्रवाह गर्ने व्यवस्था लागू गरेको छ।

अदालतको प्रशासन शाखाले सूचना जारी गर्दै चैत १७ गतेदेखि लागू हुने गरी खाजा खाने समयमा पनि अदालतका कामकारबाही नरोकिने जनाएको हो।

यसअघि अदालतमा कार्यरत कर्मचारीहरूको खाजा समयका कारण दिउँसो सेवा प्रवाह प्रभावित हुँदै आएको थियो। साविक व्यवस्थाअनुसार आइतबारदेखि बिहीबारसम्म दिउँसो १:३० देखि २:३० बजेसम्म र शुक्रबार १:०० देखि २:०० बजेसम्म खाजा समय तोकिएको थियो। उक्त अवधिमा अदालतका सेवाहरू पूर्ण रूपमा रोकिने हुँदा सेवाग्राहीले कुर्नुपर्ने अवस्था थियो।

नयाँ व्यवस्था लागू भएसँगै अब सेवाग्राहीले खाजा समय सकिने प्रतीक्षा गर्नुपर्ने बाध्यता हटेको छ। अदालतले खाजा समयमा पनि कुनै अवरोध बिना सेवा निरन्तर उपलब्ध गराइने स्पष्ट पारेको छ।

यस निर्णयले अदालतमा सेवा लिन आउने सर्वसाधारणलाई राहत पुग्ने, झन्झट कम हुने र समयको बचत हुने विश्वास गरिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...