ओली पक्राउको विषय संसदमा उठाउने एमालेको निर्णय

Author

सजिलो पत्रिका

२०८२ चैत १७, मङ्गलबार

21
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको पक्राउको विषय प्रतिनिधिसभा बैठकमा उठाउने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी सचिवालय बैठकले उक्त विषय संसदमा सशक्त रूपमा प्रस्तुत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्। संघीय संसदको बैठक चैत १९ गतेका लागि आह्वान गरिएको छ।

एमालेले ओलीसहित नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई ‘असंवैधानिक, गैरकानुनी र प्रतिशोधपूर्ण’ भन्दै यसको विरोध गर्ने जनाएको छ। पार्टीले यस विषयलाई कानुनी तथा राजनीतिक दुवै माध्यमबाट प्रतिवाद गर्ने स्पष्ट पारेको छ।

त्यस्तै, एमालेले सडकबाट पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। शान्तिपूर्ण प्रदर्शनका क्रममा सरकारले अत्यधिक बल प्रयोग गरेको भन्दै पार्टीले आपत्ति जनाएको छ। विशेषगरी सुर्खेतको वीरेन्द्रनगरमा पार्टी कार्यालयभित्रै प्रवेश गरी गरिएको आक्रमण र काठमाडौंमा भएको लाठीचार्जको निन्दा गरिएको छ।

सचिवालय बैठकले सरकार गठनसँगै बढेको धरपकड र दमनले लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनमाथि गम्भीर चुनौती उत्पन्न गरेको निष्कर्ष निकालेको छ। एमालेले सबै राजनीतिक दल, नागरिक समाज र संघ–संगठनलाई एकताबद्ध भएर सरकारी दमनविरुद्ध उभिन आह्वान समेत गरेको छ।

यसैबीच, बैठकले आगामी वैशाख ९ गते पर्ने नेपाल कम्युनिष्ट पार्टी  स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाउने निर्णय गरेको छ। साथै, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछिको समग्र राजनीतिक अवस्थाको समीक्षा गर्न निकट भविष्यमै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरिएको छ।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली काँग्रेसखड्गप्रसाद शर्मा ओली
नेपाल कम्युनिष्ट पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...