औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु

Author

सजिलो पत्रिका

२०८२ चैत १७, मङ्गलबार

17
Share
Featured

काठमाडौँ

कैलालीमा औलो र कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्न थालिएको छ । विषादी छिट्काउ अभियानअन्तर्गत कैलालीका सयौँ घरमा विषादी छिट्ने जनाइएको छ ।

धनगढीबाट सुरु भएको सो अभियानअन्र्तगत टीकापुरका औलो तथा कालाजारका बिरामी भएका घर र छिमेकमा विषादी छिट्ने काम सम्पन्न भइसकेको छ । टीकापुरका नौ घरमा औलोका बिरामी रहेकाले प्राविधिकको सहयोगमा विषादी छम्केको स्वास्थ्य कार्यालयका सूचना अधिकारी मीनबहादुर धामीले जानकारी दिनुभयो । 

“स्वास्थ्य कार्यालय कैलालीले औलो, कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्काउ अभियान सञ्चालन गरेको हो । यहाँका विभिन्न प्रभावित तथा सम्भावित महामारी क्षेत्रहरूमा कार्यक्रम सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको साउनदेखि हालसम्म औलो तथा कालाजारका बिरामी देखिएका स्थान वरपर विषादी छिट्न थालिएको हो ।” 

उहाँका अनुसार कैलालीमा १०४ जना औलो तथा कालाजारका बिरामी भेटिएका छन् भने सयौँ घरमा विषादी छिट्ने कार्यक्रम रहेको छ ।

सरकारले औलो तथा कालाजारलाई सन् २०२८ सम्म र मलेरियालाई सन् २०३० सम्म निवारण गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य संस्थाले यी रोग निवारणका लागि परीक्षणको दायरा विस्तार गर्ने, रोग पहिचान गर्ने, तथ्याङ्क यकिन गर्ने, बिरामीको उपचार गर्ने, ‘केस–बेस सर्भिलेन्स’ तथा प्रतिकार्यात्मक गतिविधि सञ्चालनलाई प्राथमिकता दिएको छ ।

महिला स्वास्थ्य स्वयम्सेविका सुशीला विकले विपन्न समुदायमा विभिन्न समस्याले मलेरियाको जोखिम रहेकाले विषादी छिट्ने काम बिरामी देखिएका घरमा मात्र नभई गाउँभरि नै छिट्ने व्यवस्था मिलाउन माग गर्नुभयो ।  

यो समाचारमा

कैलालीकाठमाडौँधनगढी

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...