प्रधानमन्त्री बालेन र सांसदहरूबीच विकास र सुशासनबारे छलफल

Author

सजिलो पत्रिका

२०८२ चैत १६, सोमबार

20
Share
Featured
  • बालेन्द्र शाह ले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग क्षेत्रीय समस्या र विकास योजनाबारे छुट्टाछुट्टै छलफल गरेका छन्।
  • यज्ञमणि न्यौपाने, खेमराज कोइराला र ज्ञानेन्द्र शाही लगायतले क्षेत्रीय विकास, सडक स्तरोन्नति, ठेकेदार कारबाही र रोकिएका बजेट फुकुवाजस्ता विषय उठाएका छन्।
  • प्रधानमन्त्रीले विकासका अवरोध हटाउन र सांसदहरूसँग सहकार्य गर्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै अन्य प्रदेशसँग पनि छलफल जारी राख्ने बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै समूहमा भेट गरी क्षेत्रीय समस्या र विकासका योजनाबारे छलफल गरेका छन्। प्रधानमन्त्रीले सांसदहरूसँग तत्काल समाधान गर्नुपर्ने समस्या र त्यसको उपायबारे जिज्ञासा राखेका थिए।

छलफलपछि रास्वपा सांसद यज्ञमणि न्यौपानेले कोशी प्रदेशका सामूहिक र निर्वाचन क्षेत्रगत समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए। प्रधानमन्त्रीले समस्याको समाधानका लागि ठोस बाटो पहिल्याउन सांसदहरूसँग सहकार्यको प्रस्ताव गरेका थिए। यस्तै, कैलाली–४ का सांसद खेमराज कोइरालाले आफ्नो क्षेत्रका विकास निर्माणलाई प्राथमिकताका आधारमा अघि बढाउने विषयमा छलफल भएको जानकारी दिए।

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा विशेष ध्यान दिन आग्रह गर्दै कर्णाली राजमार्गको स्तरोन्नति र मुगुको रारासम्म सडक कालोपत्रे गर्न माग गरे। उनले समयमै काम नसक्ने ठेकेदारहरूको लाइसेन्स खारेज गर्न र उनीहरूलाई कालोसूचीमा राख्न प्रधानमन्त्रीलाई अपिल गरे। शाहीले अघिल्लो सरकारले बिना अध्ययन रोकेका विकास आयोजनाका बजेटहरू तत्काल फुकुवा गर्नुपर्नेमा समेत जोड दिए।

प्रधानमन्त्री बालेनले सांसदहरूका सुझावलाई सम्बोधन गर्दै विकास निर्माणमा देखिएका अवरोध हटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले आगामी दिनमा अन्य प्रदेशका सांसदहरूसँग पनि यसैगरी छलफल जारी राख्ने सचिवालयले जनाएको छ।

यो समाचारमा

ज्ञानेन्द्र शाहीसुदूरपश्चिम प्रदेशकोशी प्रदेशबालेन्द्र शाह (बालेन)
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...