२४ घण्टाभित्र सबै बेटिङ एप र वेबसाइट बन्द गर्न सञ्चारमन्त्रीको निर्देशन

Author

सजिलो पत्रिका

२०८२ चैत १५, आइतबार

20
Share
Featured
  • विक्रम तिमिल्सिना नेतृत्वको सञ्चार मन्त्रालयले नेपालभित्र सञ्चालित सबै अनलाइन बेटिङ एप र वेबसाइटहरू तुरुन्त बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
  • सरकारले अवैध आर्थिक गतिविधि र पुँजी पलायन रोक्न यो कदम चालेको हो, र इन्टरनेट सेवा प्रदायकहरूलाई कार्यान्वयनका लागि पत्राचार सुरु भइसकेको छ।
  • मन्त्रालयले डिजिटल गभर्नेन्स सुधार, दैनिक रिपोर्टिङ प्रणाली र प्रधानमन्त्री कार्यालयमा मासिक प्रतिवेदन पेश गर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालभित्र सञ्चालित सबै अनलाइन सट्टेबाजी (बेटिङ) एप र वेबसाइटहरू २४ घण्टाभित्र पूर्ण रूपमा बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा सोमबार बसेको बैठकले मन्त्रिपरिषद्को 'शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची' कार्यान्वयन गर्दै यस्तो निर्देशन दिएको हो।

अवैध आर्थिक कारोबार र पुँजी पलायन रोक्ने उद्देश्यले सरकारले यो कदम चालेको हो। प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौड्यालका अनुसार मन्त्रालयको निर्देशनलगत्तै इन्टरनेट सेवा प्रदायक (अपरेटर्स) हरूलाई पत्राचार गरी बन्द गर्ने प्रक्रिया सुरु भइसकेको छ।

बैठकमा मन्त्री तिमिल्सिनाले डिजिटल शासन र डेटा गभर्नेन्समा केन्द्रित भएर जनताले प्रत्यक्ष लाभ पाउने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए। उनले मन्त्रालयको कामको दैनिक रिपोर्टिङ र समीक्षा गर्ने तथा मासिक रूपमा प्रधानमन्त्री कार्यालयलाई प्रतिवेदन बुझाउने प्रणाली विकास गरिने समेत जानकारी दिए। मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले अवैध अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो।

यो समाचारमा

काठमाडौँविक्रम तिमिल्सिनासञ्चार तथा सूचना प्रविधि मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

    काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो। उनको सजाय भने अर्को पेसीमार्फत निर्धारण गरिने अदालतले जनाएको छ।अहिराजमाथि २०८१ जेठ ४ गते पीडितलाई कोठामा कोही नभएको मौका

    Data is loading...

    Loading brands...

    Loading footer...