पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि अदालत उपस्थित गराइयो

Author

सजिलो पत्रिका

२०८२ चैत १५, आइतबार

22
Share
Featured
  • दीपक खड्का लाई सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपमा म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।
  • उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बिहान नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
  • जेनजी आन्दोलनका क्रममा उनको घरबाट बरामद शंकास्पद नगदका आधारमा अनुसन्धान सुरु गरिएको हो, र हिरासतमा राख्न अदालतबाट अनुमति मागिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार बिहान नियन्त्रणमा लिएको थियो।

जेनजी आन्दोलनका क्रममा खड्काको घरमा भएको आगजनीपछि त्यहाँबाट बरामद गरिएको शंकास्पद नगदका आधारमा उनीमाथि अनुसन्धान सुरु गरिएको हो। सीआईबीले उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति लिनका लागि अदालतमा पेश गरेको हो। यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक छानबिनका आधारमा प्रहरीले उनलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको हो।

यो समाचारमा

नेपाल प्रहरीकाठमाडौँदिपक खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...