ओलीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न पूर्वमहान्यायाधिवक्ता बडालको माग

Author

सजिलो पत्रिका

२०८२ चैत १५, आइतबार

16
Share
Featured

काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष खड्गप्रसाद शर्मा ओली लाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न पूर्वमहान्यायाधिवक्ता रमेश बडालले माग गरेका छन्।

जिल्ला अदालत काठमाडौँमा भएको ‘थुना म्याद थप’ सम्बन्धी बहसका क्रममा बडालले भदौ २३ र २४ का घटनासम्बन्धी अनुसन्धानमा ओलीलाई थुनामा नराखी नै प्रक्रिया अघि बढाउनुपर्ने तर्क गरेका हुन्। उनका अनुसार तत्कालै भाग्ने अवस्था नभएको र प्रमाण नष्ट हुने जोखिम पनि नरहेकाले म्याद थप आवश्यक छैन।

बडालले अदालतमा बहस गर्दै प्रतिवेदनमा ‘मार्ने मनशाय भए पनि तत्कालै हत्या गर्ने नियत नभएको’ उल्लेख भएको भन्दै यस्तो अवस्थामा थुनामा राखेर अनुसन्धान गर्नु उचित नहुने जिकिर गरे। उनले ओलीले जेनजी आन्दोलनका क्रममा गोली चलाउने आदेश दिएको भन्ने आधार प्रमाणित नभएको दाबी पनि गरे।

उनले जेनजी आन्दोलनसम्बन्धी छानबिन आयोगको प्रतिवेदनका आधारमा मात्र मुद्दा अघि बढाउनु पर्याप्त नहुने भन्दै ठोस प्रमाणको आधारमा मात्रै कानुनी प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...