जिम्मेवारी पूरा गरी निजी निवास फर्किइन् निवर्तमान प्रधानमन्त्री सुशीला कार्की

Author

सजिलो पत्रिका

२०८२ चैत १३, शुक्रबार

18
Share
Featured
  • अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी पूरा गरी नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को शपथपछि निजी निवास फर्किएकी छन्।
  • ‘जेनजी आन्दोलन’पछि बनेको अन्तरिम सरकारको नेतृत्व गर्दै उनले प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकी थिइन्।
  • निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत नजिकको जित हासिल गरेपछि नयाँ सरकार गठन सम्भव भएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरी शुक्रबार निजी निवास फर्किएकी छन्। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ ग्रहण समारोहपछि उनी शीतल निवासबाट सिधै टोखा नगरपालिका–४, सूर्योदय टोलस्थित आफ्नो निवास प्रस्थान गरेकी हुन्।

भदौ २३ र २४ को 'जेनजी आन्दोलन' पछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते कार्कीलाई चुनावी सरकारको नेतृत्व सुम्पिएका थिए। उनले फागुन २१ गते सफलतापूर्वक प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउने मुख्य जिम्मेवारी पूरा गरिन्।

उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिटसहित दुई-तिहाइ नजिकको बहुमत प्राप्त गरेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो। नेपालकी पहिलो महिला पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीले मुलुकलाई कठिन राजनीतिक संक्रमणबाट पार लगाउँदै नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गरेर बिदा भएकी हुन्।

यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँबालेन्द्र शाह (बालेन)सुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...