काठमाडौँ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठन हुन लागेको १६ सदस्यीय मन्त्रिपरिषद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५ जना महिलालाई समेट्ने निर्णय गरेको छ। समावेशितालाई प्राथमिकता दिँदै रास्वपाले दलित समुदायकी सीता वादीलाई समेत मन्त्री बनाउने भएको हो।
पार्टीको निर्णयअनुसार सोबिता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, प्रतिभा रावललाई संघीय मामिला तथा सामान्य प्रशासन, गीता चौधरीलाई कृषि, निशा मेहतालाई स्वास्थ्य र सीता वादीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाइएको छ।
रास्वपाले आफ्नो पहिलो मन्त्रिपरिषद्मै महिला, दलित, थारु र मधेसी समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै नयाँ राजनीतिक संस्कारको सन्देश दिन खोजेको देखिएको छ। प्रधानमन्त्री बालेन र यी मन्त्रीहरूको शपथ ग्रहण आजै दिउँसो शीतलनिवासमा हुने कार्यक्रम छ।