अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङ्फु खेलाडी सम्मानित

Author

सजिलो पत्रिका

२०८२ चैत १०, मङ्गलबार

19
Share
Featured

काठमाडौँ

नेपाल उमा कुङ्फु सङ्घले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई आज सम्मान गरेको छ । विश्व मञ्चमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएकामा खेलाडी भूपेन्द्र गुरुङ र सुजन कक्षपतिलाई सम्मान गरिएको हो ।

उहाँहरूलाई सङ्घका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार राई, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, सङ्घका उपाध्यक्ष रमेश महर्जन, डब्लुएमएसी नेपालका अध्यक्ष स्वयम्भूराज डङ्गोललगायतले एक कार्यक्रमबीच प्रशंसापत्र प्रदान गर्नुभयो । 

भूपेन्द्रले संयुक्त राज्य अमेरिका, जर्मनी, थाइल्यान्डयुनाइटेड किंगडममा भएका विभिन्न प्रतियोगितामा हालसम्म १२ स्वर्ण र दुई रजत पदक जित्नुभएको छ । सुजनले हालै जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बभेरियामा दुई स्वर्ण जित्नुभएको थियो ।

कार्यक्रममा सङ्घका अध्यक्ष राईले  खेलाडीले हासिल गरेको उपलब्धिले सङ्घलाई मात्र नभई सिङ्गो राष्ट्रलाई गौरवान्वित तुल्याएको बताउनुभयो ।

सम्मानित खेलाडी गुरुङले प्रशिक्षकबाट पाएको सही प्रशिक्षणले गर्दा उपलब्धि हासिल गर्न सम्भव भएको बताउँदै आगामी दिनमा पनि राष्ट्रलाई पदक दिलाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कक्षपतिले पहिलो अन्तरराष्ट्रिय सहभागितमै स्वर्ण जित्न सफल भएकामा खुसी व्यक्त गर्दै यस सम्मानले मनोबल उच्च बनाउन थप हौसला मिलेको भएको बताउनुभयो । 

यो समाचारमा

युनाइटेड किंगडमथाइल्यान्डजर्मनीकाठमाडौँ
संयुक्त राज्य अमेरिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...