पर्सामा एक महिनामा आमाको नामबाट ३३ नागरिकता जारी

Author

सजिलो पत्रिका

२०८२ चैत ०५, बिहिबार

20
Share
Featured

काठमाडौँ

जिल्ला प्रशासन कार्यालयले फागुन ५गतेदेखि आजसम्म  आमाको नामबाट ३३ नागरिकता जारी गरेको छ । 

कार्यालयले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भएर राजपत्रमा प्रकाशन भएसँगै बुबाको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने नागरिकता ऐन, २०६३ को प्रावधान कार्यान्वयनमा आएसँगै वितरण गर्न थालिएको हो । 

कार्यालयले नागरिकता ऐन र नागरिकता नियमावली, २०८२ को मापदण्ड पुगेका नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गरेको हो । कार्यालयले गत फागुन ५ गतेदेखि तोकिएको कागजात र मापदण्ड पुगेका नागरिकलाई आमाको नामबाट नागरिकता दिन थालेको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका–११ का विजयकुमार साहले आमाको नामबाट नागरिकता पाएपछि आफूलाई धेरै सहज भएको बताउनुभयो । “नागरिकता बनाउनका लागि धेरै वर्ष भाँैतारिँदै हिँड्नुप¥यो,’’ उहाँले भन्नुभयो, “आमाको नामबाट नागरिकता पाएसँगै अब विभिन्न खालका प्रशासनिक झन्झटबाट मुक्त भएका छौँ ।” 

वीरगञ्ज महानगर–१३ का जुबैर अन्सारी पनि लामो सङ्घर्षपछि नागरिकता प्राप्त गर्दा पनि ठूलै उपलब्धि हासिल गरेको अनुभव गरेको बताउनुभयो । “नागरिकताविहीन हुनुको पीडा निकै सकस लाग्दो हुनेरैछ,” उहाँले भन्नुभयो, “आमाकै नामबाट नागरिकता पाएपछि अहिले निकै हर्षित भएको छु ।” पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली,२०८२ मन्त्रिपरिषद्बाट स्वीकृत गरी राजपत्रमा प्रकाशन भएपछि आवश्यक मापदण्ड र कागजात पुगेका नागरिकलाई आमाको नामबाट नागरिकता दिन थालेको बताउनुभयो । “नेपाल नागरिकता नियमावली, २०८२ ले तोकेको मापदण्ड पुगेका नागरिकलाई नागरिकता दिन थालेका छौँ,” उहाँले भन्नुभयो, “नागरिकताविहीन भई आफ्नो अधिकारबाट वञ्चित भएका नागरिकहरुलाई ठूलो राहत भएको अनुभूति गरेका छौँ ।”

यो समाचारमा

काठमाडौँपर्सावीरगञ्ज महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...