कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

Author

सजिलो पत्रिका

२०८२ चैत ०४, बुधबार १३:११

21
Share
Featured

काठमाडौँ

कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु पाँच अर्ब ४० करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणको राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले भन्सार महसुलतर्फ रु दुई अर्ब ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब सात करोड ५९ लाख, अन्तःशुल्कतर्फ रु १० करोड ५६ लाख र अन्यतर्फ रु एक अर्ब २१ करोड ६६ लाख राजस्व सङ्कलन गरेको भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयको चालु आर्थिक वर्षमा रु नौ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ । आठ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ५५ दशमलव ६७ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व सङ्कलन लक्ष्यमा भने पुग्न सकेको छैन । कार्यालयले साउनमा रु ७१ करोड ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ५७ करोड ८० लाख, भदौमा रु ७४ करोड २१ लाख लक्ष्य रहेकामा रु ५३ करोड ७० लाख, असोजमा रु ७६ करोड ७७ लाख लक्ष्य रहेकामा रु ६७ करोड ७८ लाख र कात्तिकमा रु ८४ करोड ६७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ७२ करोड ५४ लाख मात्रै राजस्व सङ्कलन गरेको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिनुभयो ।

यस्तै मङ्सिर महिनामा रु ७८ करोड ३३ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ६८ करोड ९१ लाख, पुसमा रु ८१ करोड २५ लाख लक्ष्य रहेकामा रु ७४ करोड ६५ लाख, माघमा रु ७६ करोड नौ लाख लक्ष्य रहेकामा रु ६८ करोड ८२ लाख र फागुन महिनामा रु ७७ करोड १४ लाख लक्ष्य रहेकामा रु ७६ करोड ४४ लाख मात्रै राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०८१÷८२ मा राजस्व सङ्कलन लक्ष्यमा पुग्न सकेको थिएन् । गत आर्थिक वर्षमा रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा रु आठ अर्ब ६६ करोड ९८ लाख मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी तिमिल्सिनाले बताउनुभयो । यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत मात्रै हो ।

यो समाचारमा

काठमाडौँधनगढी

ट्यागहरू

#कैलाली भन्सार कार्यालय#धनगढी#राजस्व सङ्कलन#कार्यालयले चालु आर्थिक वर्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू