दार्चुलाको सितौला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

Author

सजिलो पत्रिका

२०८२ चैत ०३, मङ्गलबार

28
Share
Featured
  • दार्चुलाको सितौला आसपास केन्द्रबिन्दु भएर आज बिहान १०:१२ मा ४ म्याग्निच्युडको भूकम्प गएको छ।
  • हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
  • सुदूरपश्चिम क्षेत्रमा पछिल्लो समय बारम्बार साना भूकम्पहरू महसुस भइरहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दार्चुलामा आज (मंगलबार) बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १० बजेर १२ मिनेट जाँदा दार्चुलाको सितौला आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पबाट भएको भौतिक वा मानवीय क्षतिको कुनै विवरण हालसम्म प्राप्त भएको छैन। यसअघि गत फागुन २२ गते बझाङमा ३.६ र फागुन १५ गते ताप्लेजुङमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो। सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पछिल्लो समय पटक-पटक भूकम्पको धक्का महसुस हुने गरेको छ।

यो समाचारमा

काठमाडौँदार्चुलाताप्लेजुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...