ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

Author

सजिलो पत्रिका

२०८२ चैत ०१, आइतबार

19
Share
Featured

काठमाडौँ

तनहुँको भिमाद नगरपालिका–९ अस्पाक्दीमा आज भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

रिठ्ठाभञ्ज्याङ–सेराबेँसी मोटर मार्गमा बुचाखानीबाट निर्माण सामग्री लिएर जाँदै गरेको लु३त ३०२६ नम्बरको ट्याक्टर नालीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार दुर्घटनामा ट्याक्टरमा सवार कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरका ४५ वर्षीय माइला भन्ने लड्डु थारुको मृत्यु भएको हो । 

दुर्घटनामा ट्याक्टर चालक तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटन बस्ने ३२ वर्षीय अनिल कुमाल, कपिलवस्तुका नारायण पुन र दुर्गाबहादुर पुन घाइते हुनुभएको छ । घाइतेहरूलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारपश्चात् घर पठाइएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो।  

यो समाचारमा

काठमाडौँभिमाद नगरपालिकातनहुँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...