बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

Author

सजिलो पत्रिका

२०८२ चैत ०१, आइतबार

22
Share
Featured

काठमाडौँ

महोत्तरीको बर्दिवास नगरपालिकाका  चारवटा वडामा खानेपानीको पहुच पुगेको छ । बर्दिवास  १, २, ३ र १४ मा लामो समयदेखि खानेपानीको समस्या थियो ।

अहिले घरघरमा खानेपानीको धारा जडान भएको बर्दिवास ३ का आशा कुमारीले बताउनुभयो । बर्दिवास– १४ का विक्रम महतोले भन्नुभयो,“पहिला इनारको पानी खानुपथ्र्यो । त्यो पनि हिउँद लागेपछि विस्तारै पानीको सतह घटदै जाँदा चैत, वैशाखमा धमिलो पानी खान बाध्य थियौँ ।  अहिले धारा जडान भएपछि पानीको सङ्कट हटेको छ । ”

बर्दिवास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जडान गरेको धाराबाट पाँच हजार ९९८ परिवारले पानी सुविधा लिँदै आएका छन् । बर्दिवासको चुरेमा खानेपानीका तीन मुहान छन् । जुन चुरेको रातु खोलाको दहमा पर्छ । बर्दिवासको मूल सहरी क्षेत्रका वडामा दैनिक सात लाख लिटर खानेपानीको माग हुन्छ ।

हिउँद लागेपछि उपभोक्ताको माग धान्न खानेपानी समितिलाई समस्या हुने गरेको छ । रातु खोलाको सुनारमरे दहमा त्यसको मुहान छ । अहिले त्यो मुहान पनि खोला उत्खननले जोखिममा छ ।

दिनानुदिन बर्दिवासमा जनसङख्या बढ्दो छ भने पिउने पानीको मुहान घट्दो अवस्थामा छ । तर पनि आफूहरूले बर्दिवासवासीलाई खानेपानी खुवाउनका लागि दिनरात तत्पर रहने गरेको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भुलन सेन ठकुरीले बताउनुभयो । 

यो समाचारमा

महोत्तरीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...