‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’

Author

सजिलो पत्रिका

२०८२ फागुन २८, बिहिबार

18
Share
Featured

काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले जुनसुकै स्वास्थ्य सेवा एवं बिरामीको उपचारमा अस्पतालले दिएको सेवामा सर्वसाधारणको सहज पहुँच उपलब्धता हुनुपर्ने बताउनुभएको छ ।

 विश्व मिर्गाैला दिवस–२०२६ को अवसरमा आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द भक्तपुरले आयोजना गरेको कार्यक्रममा मन्त्री डा गौतमले बिरामीको उपचार सेवा सहज रुपमा पाउनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियान सकारात्मक रहेको चर्चा गर्दै केन्द्रका लागि आवश्यक  जग्गा उपलब्ध गराउन पहल गरिरहेको बताउनुभयो । 

मिर्गाैला रोगका बारेमा सर्वसाधारणमा प्रभावकारी जनचेतना पुग्न सके नागरिकबाट सकारात्मक भूमिका निर्वाह हुने उल्लेख गर्दै मन्त्री डा गौतमले केन्द्रले देशभरि सञ्चालन गरेको अभियानलाई  विस्तार गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “अङ्ग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु अरु स्वस्थ्य व्यक्ति सरह जीवनयापन गर्न सक्छन, उनीहरु हरेक क्षेत्रमा सक्षम र सबल रुपमा कार्य गर्न सक्छन् भन्ने जनचेतना आमनागरिकमा पु¥याउन सके अङ्गदान तथा अङ्ग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउन सकिन्छ ।”

अस्पतालकी कार्यकारी निर्देशक डा कल्पनाकुमारी श्रेष्ठले विश्वभरि नै मिर्गाैला रोगको प्रकोप बढीरहेकाले रोगको पहिचान तथा उपचार र रोकथामका उपायबारे सबैलाई सचेत गराउन केन्द्र लागि परेको बताउनुभयो । मिर्गाैला उपचारको क्षेत्रमा केन्द्र देशकै नमूना केन्द्रको रुपमा स्थापित भई हालसम्म एक हजार ५८६ जनाको मिर्गौला, ३६ जनाको कलेजो र दैनिक १५० जनाको डाइलाइसिस सेवा प्रवाह गर्दै आएको उहाँले बताउनुभयो । 

मानव अङ्ग प्रत्यारोपण केन्द्र विकास समतिकिा अध्यक्ष डा केशरबहादुर ढकालले साँघुरो भवनबाट सेवा प्रवाह हुँदा केन्द्रको सेवा विस्तार गर्न असहज भएकाले उचित स्थानमा जग्गा उपलब्ध गराउन माग गर्नुभयो ।

यो समाचारमा

डा. सुधा शर्मा गौतमकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...