बढ्दो यौन हिंसाका घटनाले महिलामा त्रास, कहिले सुरक्षित हुन्छन् महिला ?

Author

प्रियंका दुतराज

२०८२ फागुन २८, बिहिबार

57
Share
Featured

काठमाडौँ

नेपालमा पछिल्ला केही समय यता बलात्कार र बलात्कारपछि हत्या जस्ता जघन्य अपराधका घटनाहरू सार्वजनिक भइरहेका छन्। यस्ता घटनाले समाजलाई मात्र होइन, विशेष गरी महिलाको दैनिक जीवनलाई गम्भीर रूपमा प्रभावित पारिरहेको छ । हाल सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या र कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कारका घटनाले सुरक्षा व्यवस्था र सामाजिक चेतनामाथि गम्भीर प्रश्न उठाएका छन् । दिन दिनै बढ्दै गएको बलात्का जस्ता जघन्य अपराकै कारण महिला तथा बालबालिकाको असुरक्षा महसुस गरिरहेका छन् । 

इनिसा विक हत्या प्रकरण:  न्यायका लागि माइतीघरमा प्रदर्शन

बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी १६ वर्षीया इनिसा विकको न्याय माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागीहरूले ‘इनिसा विकलाई न्याय दे’, ‘बलात्कारीलाई फाँसी दे’ र ‘पितृसत्ता तथा जात व्यवस्था मुर्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।


यस घटनाको गम्भीरतालाई हेर्दै थप अनुसन्धानका लागि सुर्खेत प्रहरीले फागुन २३ गतेदेखि चार जना १८ वर्षमुनिका आरोपितलाई पक्राउ गरी थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको छ । पोस्टमार्टम रिपोर्टले इनिसाको सामूहिक बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पुष्टि गरेको छ । पीडित परिवारले हालसम्म शव बुझ्न मानेका छैनन् । उता आरोपित  चार जना १८ वर्षमुनिका  भनेर जोगाउँन खोजिरहेको परिवारको आरोप छ । 

कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

यसैबीच, कञ्चनपुर जिल्लामा अर्को एउटा विदारक घटना सार्वजनिक भएको छ । भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनमा लगेर एक १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरिएको छ । उक्त आरोपमा प्रहरीले ४७ वर्षीय नरेश गिरी र ४० वर्षीय हिरा नाथलाई पक्राउ गरेको छ । उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको छ ।

महिलाको दैनिक जीवनमा असुरक्षा र मानसिक प्रभाव

यस्ता जघन्य अपराधका घटनाहरू बढ्दै जाँदा महिलाको स्वतन्त्रता र आत्मविश्वासमा प्रत्यक्ष असर परेको छ । सडक, सार्वजनिक यातायात, कार्यस्थल र विद्यालयहरूमा समेत महिलाले आफूलाई सुरक्षित महसुस गर्न नसक्ने अवस्था सिर्जना भएको छ । साँझपख एक्लै हिँड्न डर मान्ने, टाढाको यात्रा गर्न हिचकिचाउने र परिवारका सदस्यहरू सधैँ चिन्तित रहने अवस्थाले महिलाको मानसिक स्वास्थ्यमा समेत गहिरो प्रभाव पारेको छ ।


पछिल्ला दिनहरूमा देखिएका जघन्य यौन हिंसाका घटनाहरूले नेपालमा महिला सुरक्षाको अवस्था गम्भीर चिन्ताको विषय बनेको स्पष्ट देखाउँछन् । यस्ता घटनाले केवल पीडित र उनका परिवारलाई मात्र होइन, सम्पूर्ण समाजलाई नै त्रसित बनाएको छ। महिलाले दैनिक जीवनमा स्वतन्त्र र सुरक्षित महसुस गर्न नसक्ने अवस्था कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन। यस परिस्थितिमा अपराधीलाई छिटो र कडा कानुनी कारबाही गर्नु अत्यन्त आवश्यक भए पनि त्यससँगै समाजमा लैङ्गिक समानता, सम्मान र सचेतनाको संस्कृति विकास गर्नु झनै महत्त्वपूर्ण छ । यस्ता घटनाले कानून माथिनै प्रश्न उठ्न थालेको छ । राज्य, सुरक्षा निकाय, समुदाय र परिवार सबैले मिलेर महिला तथा बालिकाको सुरक्षा सुनिश्चित गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता छ ।

जबसम्म महिलाले बिना डर स्वतन्त्र रूपमा शिक्षा, काम र सार्वजनिक जीवनमा सहभागिता जनाउन सक्ने वातावरण निर्माण हुँदैन, तबसम्म समतामूलक र न्यायपूर्ण समाजको लक्ष्य अधुरो नै रहनेछ । त्यसैले महिला सुरक्षालाई प्राथमिकतामा राखेर प्रभावकारी कदम चाल्नु आजको सबैभन्दा ठूलो आवश्यकता बनेको छ ।

यो समाचारमा

काठमाडौँसुर्खेतकञ्चनपुर जिल्ला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपाको महाधिवेशन: नयाँ नेतृत्व, नयाँ विचार र संगठनभित्रको शक्ति परीक्षण

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको मात्र होइन, पार्टीको भावी राजनीतिक दिशा, संगठनभित्रको शक्ति सन्तुलन र आन्तरिक चुनौतीहरू पनि स्पष्ट रूपमा उजागर गरेको छ। केही दिनसम्म चलेको यो महाधिवेशनलाई धेरैले रास्वपाको अहिलेसम्मकै सबैभन्दा ठूलो आन्तरिक राजनीतिक परीक्षा पनि मानेका छन्।सभापति

    Data is loading...

    Loading brands...

    Loading footer...