कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ फागुन २८, बिहिबार

27
Share
Featured

काठमाडौँ

कञ्चनपुर जिल्लामा एक १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भीमदत्तनगर नगरपालिका–१० का ४७ वर्षीय नरेश गिरी र वडा नम्बर ९ का ४० वर्षीय हिरा नाथ रहेका छन्। उनीहरूले बालिकालाई भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबार दुवै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

काठमाडौँकञ्चनपुर जिल्लाभीमदत्तनगर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...