निर्वाचन परिणाम अपेक्षाकृत नभएको ओलीको स्वीकारोक्ति, भने– ‘जनताको फैसला शिरोधार्य छ’

Author

सजिलो पत्रिका

२०८२ फागुन २८, बिहिबार

29
Share
Featured
  • नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि अपेक्षाकृत नभएको स्वीकार गरेका छन्।
  • उनले लोकतन्त्रमा जनताको निर्णय नै अन्तिम हुने भन्दै नतिजालाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन्।
  • कठिन परिस्थितिमा पनि पार्टीलाई साथ दिने मतदाता, नेता र कार्यकर्ताप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि जनतामाझ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि अपेक्षाकृत नभएको स्वीकार गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले निर्वाचनको नतिजालाई जनताको अन्तिम फैसलाका रूपमा शिरोधार्य गर्ने बताएका हुन्।

"लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, यसलाई शिरोधार्य गर्नु मेरो र पार्टीको कर्तव्य हो," ओलीले भनेका छन्, "जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।" उनले कठिन परिस्थितिमा पनि सूर्य चिह्नमा मतदान गर्ने मतदाता, नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई हृदयदेखि धन्यवाद दिएका छन्।

अध्यक्ष ओलीले निर्वाचनको परिणाम एमालेको पक्षमा नआए पनि जनताप्रतिको सेवाभाव र प्रतिबद्धतामा कुनै कमी नआउने स्पष्ट पारे। उनले आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने र विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मतदाताको विश्वास नै आफ्नो शक्ति भएको उल्लेख गर्दै सबैप्रति आभार प्रकट गरेका छन्।


यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...