अर्थमन्त्री रामेश्वर खनालले फिर्ता गरे रातो पासपोर्ट

Author

सजिलो पत्रिका

२०८२ फागुन २६, मङ्गलबार

28
Share
Featured
  • अर्थमन्त्री रामेश्वर खनालले आफ्नो कुटनीतिक राहदानी (रातो पासपोर्ट) मन्त्रालयमार्फत फिर्ता गरेका छन्।
  • आफू बिदाइको चरणमा पुगेको र मन्त्रीको हैसियतमा प्राप्त राहदानीको प्रयोजन सकिएकाले फिर्ता गरेको उनले बताएका छन्।
  • निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन लागेका बेला उनले पदीय जिम्मेवारीसँगै प्राप्त सुविधा फिर्ता गरेका हुन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अर्थमन्त्री रामेश्वर खनालले आफ्नो कुटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्। मंगलबार उनले मन्त्रालयको प्रशासन महाशाखामा उक्त राहदानी बुझाउँदै परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता पठाइदिन अनुरोध गरेका हुन्।

आफू बिदाइको चरणमा रहेको उल्लेख गर्दै खनालले अर्थमन्त्रीको हैसियतमा प्राप्त राहदानीको प्रयोजन समाप्त भएकाले फिर्ता गरेको बताएका छन्। निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन लागेका बेला उनले आफ्नो पदीय जिम्मेवारीसँगै प्राप्त सुविधा फिर्ता गरेका हुन्। उनले प्रशासन महाशाखालाई लेखेको पत्रमा आफ्नो कार्यकाल सकिन लागेकाले राहदानी बुझाएको स्पष्ट पारेका छन्।


यो समाचारमा

रामेश्वर खनालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...