काठमाडौँ-१ मा रञ्जु दर्शनाको जित नजिक

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

25
Share
Featured
  • काठमाडौं–१ मा रास्वपाकी उम्मेदवार रञ्जु दर्शना ९,०७८ मतसहित पहिलो स्थानमा छन्।
  • नेपाली कांग्रेसका प्रवल थापा क्षेत्री ४,०८७ मतसहित दोस्रो स्थानमा छन्, दुबैबीच ४,९९१ मतको ठूलो अन्तर छ।
  • राप्रपाका रवीन्द्र मिश्र २,३५५ मतसहित तेस्रो स्थानमा छन्; मतगणना अझै जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार काठमाडौँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्‍यौपाने दर्शनाले दोब्बरभन्दा बढी मतान्तरले अग्रता लिएकी छन्। निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार दर्शनाले ९ हजार ७८ मत प्राप्त गर्दै शीर्ष स्थान ओगटेकी छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रवल थापा क्षेत्री ४ हजार ८७ मतका साथ दोस्रो स्थानमा छन्। दर्शना र थापाबीच ४ हजार ९९१ मतको ठूलो अन्तर रहेको छ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्र २ हजार ३५५ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन्। अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग मात्र १२५ मतान्तरले पराजित भएका मिश्र यसपटक भने सुरुवाती चरणदेखि नै निकै पछाडि देखिएका छन्। यस क्षेत्रमा मतगणना कार्य जारी छ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँरञ्जु न्‍यौपाने दर्शनाप्रतिनिधि सभा
राष्ट्रिय स्वतन्त्र पार्टी6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...