निर्वाचन आयोगको प्रारम्भिक विवरण, देशभर ६० प्रतिशत मत खस्यो

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

19
Share
Featured
  • देशभर करिब ६०% मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक जानकारी।
  • मतदान प्रक्रिया समग्रमा शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोगको भनाइ।
  • अहिले मतपेटिका संकलन भइरहेको र प्रक्रिया पूरा भएपछि छिट्टै मतगणना सुरु गरिने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आज भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर करिब ६० प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रिया देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए।

प्रारम्भिक विवरणअनुसार ६० प्रतिशत मत खसेको बताउँदै भण्डारीले मतदाताहरूको सहभागिता उत्साहजनक रहेको उल्लेख गरे। आयोगका अनुसार अब सबै निर्वाचन क्षेत्रबाट मतपेटिकाहरू संकलन गर्ने कार्य भइरहेको छ र आवश्यक प्रक्रिया पूरा गरी छिट्टै मतगणना सुरु गरिनेछ। केही छिटफुट घटनाबाहेक समग्रमा निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोगको निष्कर्ष छ।

यो समाचारमा

निर्वाचन आयोगकाठमाडौँप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...