'निर्वाचन नै एकमात्र विकल्प हो'-चितवनबाट मतदान गरेपछि प्रचण्डको प्रतिक्रिया

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

21
Share
Featured
  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल मतदान केन्द्रबाट मतदान गरेका छन्।
  • उनले प्रतिनिधिसभा निर्वाचन सफल हुन लागेकोमा खुसी व्यक्त गर्दै यसलाई “असामान्य निर्वाचन” हुने बताएका छन्।
  • प्रचण्डले सबै मतदातालाई सक्रिय रूपमा मतदानमा सहभागी हुन आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा निर्वाचन सफल हुन लागेकोमा खुसी व्यक्त गरेका छन्। बिहीबार बिहान चितवनको भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रचण्डले आफ्नो नेतृत्वको पार्टीले सुरुदेखि नै निर्वाचनलाई नै एकमात्र विकल्पका रूपमा लिएको स्मरण गर्दै आज त्यो लक्ष्य पूरा हुन लागेको बताए। "यो सामान्य मात्र नभएर असामान्य निर्वाचन हुन गइरहेको छ। आज चुनाव सफल हुन लागेकोमा म खुसी छु," उनले भने। उनले निर्वाचन सफल पार्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सम्पूर्ण मतदाताहरूलाई सक्रियताका साथ मतदानमा सहभागी हुन आग्रह समेत गरे।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीपुष्पकमल दाहालकाठमाडौँप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...