पूर्वसभामुख देवराज घिमिरेद्वारा झापाबाट मतदान, मतदातालाई सहभागी हुन आग्रह

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

18
Share
Featured
  • झापा–२ का उम्मेदवार देवराज घिमिरेले अर्जुनधारा–६ स्थित मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरे।
  • मतदानअघि उनले ९६ वर्षीया आमा भीमकुमारीबाट टीका र आशीर्वाद लिए।
  • घिमिरेले सबै मतदातालाई उत्साहपूर्वक र संकोच नमानि मतदान गर्न आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वसभामुख एवं झापा–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज घिमिरेले आज बिहान मतदान गरेका छन्। उनले अर्जुनधारा–६ स्थित बालकल्याण आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

मतदान गर्न जानुअघि घिमिरेले आफ्नी ९६ वर्षीया आमा भीमकुमारीको हातबाट टीका र आशीर्वाद लिएका थिए। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले निर्वाचनलाई लोकतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा चित्रण गरे। उनले सम्पूर्ण मतदाताहरूलाई कुनै पनि संकोच नमानी उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी हुन समेत अनुरोध गरेका छन्।

यो समाचारमा

देवराज घिमिरेझापाकाठमाडौँप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...