सर्लाहीमा मतदान अधिकृतको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ फागुन १९, मङ्गलबार

18
Share
Featured
  • सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका मतदान अधिकृत रघुनाथ महतो (४२) को मंगलबार मृत्यु भएको छ।
  • रौतहटको माधव नारायण नगरपालिका–६ घर भएका महतो मतदान केन्द्रमै अचानक बेहोस भएपछि उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका हुन्।
  • निर्वाचन तयारीकै क्रममा भएको असामयिक निधनले उक्त क्षेत्रमा शोक छाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको मंगलबार मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो रहेका छन्।

महतो सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका थिए। रौतहटको माधव नारायण नगरपालिका–६ घर भएका उनी पेशाले सिनियर अहेब हुन्।

मंगलबार बिहान मतदान केन्द्रमै अचानक बेहोस भएपछि उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। निर्वाचनको तयारी भइरहेका बेला मतदान अधिकृतको असामयिक निधनले सो क्षेत्रको निर्वाचन व्यवस्थापनमा शोक छाएको छ।

यो समाचारमा

काठमाडौँसर्लाहीपर्सा गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...