दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

Author

सजिलो पत्रिका

२०८२ फागुन १९, मङ्गलबार

22
Share
Featured
  • मेडिकल व्यवसायी र दुर्गा प्रसाईँ द्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ मंगलबार सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मीको इजलासमा हुँदैछ।
  • प्रसाईँलाई सार्वजनिक शान्ति विरुद्धको गतिविधिमा संलग्न रहेको आरोपमा फागुन १७ गते भक्तपुरबाट पक्राउ गरिएको थियो; उनले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रिट दायर गरेका हुन्।
  • यसअघि फागुन ४ मा निर्वाचन बिथोल्ने आरोपमा पक्राउ परेका प्रसाईँ सर्वोच्चको आदेशमा फागुन १३ मा रिहा भए, तर तीन दिनमै पुनः पक्राउ भएका हुन्; उनी हालसम्म १२ पटक प्रहरी हिरासत वा थुनामा परिसकेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मेडिकल व्यवसायी तथा 'नागरिक बचाउ महाअभियान'का संयोजक दुर्गा प्रसाद प्रसाईले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज (मंगलबार) सर्वोच्च अदालतमा हुँदैछ। न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त रिटको पेसी तोकिएको हो।

सार्वजनिक शान्ति विरुद्धको गतिविधिमा संलग्न रहेको आरोपमा प्रसाईँलाई फागुन १७ गते भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो। जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएपछि प्रसाईँले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

यसअघि फागुन ४ मा निर्वाचन बिथोल्ने आरोपमा पक्राउ परेका प्रसाईँलाई सर्वोच्चकै आदेशमा फागुन १३ गते रिहा गरिएको थियो। तर, रिहा भएको तीन दिनमै उनी पुनः पक्राउ परेका हुन्। आगामी फागुन २१ गते हुने निर्वाचन बिथोल्न सक्ने आशंकामा सरकारले उनलाई चुनाव अवधिभर थुनामै राख्ने रणनीति लिएको बुझिएको छ। प्रसाईँ हालसम्म १२ पटक प्रहरी हिरासत र थुनामा पुगिसकेका छन्।

यो समाचारमा

सर्वोच्च अदालतकाठमाडौँदुर्गा प्रसाद प्रसाईभक्तपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...