निर्वाचनको दिन पनि पर्यटन नरोकिने, हवाई यात्रुका लागि विशेष सुविधा

Author

सजिलो पत्रिका

२०८२ फागुन १७, आइतबार

17
Share
Featured

काठमाडौँ

निर्वाचन आयोगले फागुन २१ गते निर्वाचनको दिन पर्यटक तथा हवाई यात्रुको आवागमन सहज बनाउने विशेष व्यवस्था गरेको जनाएको छ ।

आयोगले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु बोक्ने सवारी साधनलाई विशेष पास आवश्यक नपर्ने व्यवस्था गरेको जनाएको हो। यस निर्णयले निर्वाचनका दिन पनि नेपाल आउने पर्यटक र उडान यात्रुलाई सहज आवागमन सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देशको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार रहेकाले काठमाडौं उपत्यका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकका लागि यो व्यवस्था महत्वपूर्ण मानिएको छ ।

पर्यटन व्यवसायीहरूका अनुसार निर्वाचनका कारण उडान यात्रु र पर्यटकको आवागमन प्रभावित हुने चिन्ता रहँदै आएको अवस्थामा आयोगको यो निर्णयले होटल, ट्राभल एजेन्सी र टुर अपरेटरहरूलाई राहत दिनेछ ।

आयोगले होटल वा घरबाट विमानस्थलसम्म यात्रु ल्याउने सवारी साधनलाई बिना पास सञ्चालन गर्न दिने व्यवस्था गरेको छ, जसले विदेशी पर्यटक, ट्रेकिङ समूह तथा व्यावसायिक यात्रुहरूलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यससँगै अत्यावश्यक सेवा, स्वास्थ्य, सञ्चार तथा आपूर्ति क्षेत्रका सवारी साधनलाई पनि सञ्चालनमा छुट दिइएको आयोगले जनाएको छ, जसले पर्यटन सेवा प्रणालीलाई निरन्तर सञ्चालनमा सहयोग पु-याउने विश्वास गरिएको छ ।

पर्यटन क्षेत्रका सरोकारवालाहरूले निर्वाचन अवधिमा पनि यात्रु आवागमन सुनिश्चित गर्ने यस्तो व्यवस्था नेपाललाई ‘पर्यटकमैत्री गन्तव्य’को रूपमा सन्देश दिने बताएका छन् ।

यो समाचारमा

काठमाडौँत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...