निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द

Author

सजिलो पत्रिका

२०८२ फागुन १६, शनिबार

19
Share
Featured

काठमाडौँ

नेपाल रेलवे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनकपुर रेल सेवा तीन दिनका लागि बन्द गर्ने जनाएको छ ।

कम्पनीले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण फागुन १९ गते मंगलबारदेखि फागुन २१ गते बिहीबारसम्म जयनगर–जनकपुर खण्डमा सञ्चालन हुँदै आएको यात्रुवाहक रेल सेवा पूर्णaरूपमा बन्द रहनेछ ।

निर्वाचनलाई सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षाको दृष्टिकोणले उक्त निर्णय गरिएको जनाइएको छ । साथै, सो अवधिमा सीमा नाकासमेत बन्द गरिने उल्लेख गरिएको छ ।

रेल सेवा फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नियमित समयमै पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

यो समाचारमा

काठमाडौँजनकपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...