महाकाली सन्धिमा हस्ताक्षर नगरेको देवराज घिमिरेको स्पष्टोक्ति

Author

सजिलो पत्रिका

२०८२ फागुन १५, शुक्रबार २०:३४

16
Share
Featured

काठमाडौँ

झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धिका विषयमा उठिरहेका जिज्ञासाबारे स्पष्टोक्ति दिएका छन् । सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा सोधिएका प्रश्नलाई लिएर उनले आफूले उक्त सन्धिमा कुनै पनि रूपमा हस्ताक्षर नगरेको दाबी गरेका हुन् ।

घिमिरेले आज जारी गरेको विज्ञप्तिमा महाकाली सन्धिबारे आफू स्पष्ट रहेको र उठेका प्रश्नहरूको जवाफ दिइरहेको उल्लेख गरेका छन् । सन्धिलाई लिएर भ्रम फैलाउने प्रयास भएको भन्दै उनले घृणाको राजनीति नगरी अध्ययन र विश्लेषण गर्न सम्बद्ध पक्षलाई आग्रह गरे ।

केही दिनअघि एक व्यक्तिले भिडियो खिचेर सोही विषयमा प्रश्न गरेको प्रसंग उल्लेख गर्दै घिमिरेले उक्त गतिविधि नियोजित भएको थाहा पाएपछि आफूले जवाफ नदिएको बताए । अहिले उक्त भिडियो अमुक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भएको दाबी उनको छ ।

‘कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन । त्यस समयमा म सांसद, मन्त्री वा राज्यको कुनै पनि जिम्मेवारीमा थिइनँ,’ विज्ञप्तिमा घिमिरेले भनेका छन् । आफूले लोकतान्त्रिक पार्टीभित्र भएको बहसमा व्यक्तिगत धारणा मात्रै राखेको र त्यसमा पक्ष–विपक्षमा धेरै नेताले विचार राखेको उनको भनाइ छ ।

पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले छिमेकी देशसँग सन्धि गर्ने हैसियत नै नहुने भन्दै यस्तो आरोप लगाइनु दुखद भएको घिमिरेले उल्लेख गरेका छन् ।

घिमिरेले आफू ५० वर्षदेखि राजनीतिमा सक्रिय रहेको बताउँदै राजनीति आफ्नो लागि सेवा भएको जिकिर गरे । बिनाश्रमको एक रुपैयाँ पनि नलिएको र ओहोदा वा प्राप्तिका लागि राजनीति नगरेको उनको भनाइ छ ।

तीन वर्षअघि प्राप्त जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको दाबी गर्दै घिमिरेले झापा क्षेत्र नं. २ का मतदातालाई विगत तथा पछिल्लो तीन वर्षको आफ्नो कामको निष्पक्ष मूल्यांकन गर्न आग्रह गरेका छन् । आफूबाट कहीँ त्रुटि भेटिए विनम्रतापूर्वक स्वीकार गर्न तयार रहेको उनले विज्ञप्तिमार्फत जनाएका छन् ।

यो समाचारमा

काठमाडौँझापादेवराज घिमिरे

ट्यागहरू

#महाकाली सन्धि#सामाजिक सञ्जाल#झापा क्षेत्र नं. २#प्रतिनिधिसभा सदस्य#देवराज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू