प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

Author

सजिलो पत्रिका

२०८२ फागुन १५, शुक्रबार

19
Share
Featured

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले आज सिंहदरवारमा शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाइ ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरे ।

साथै उनले राजदूत चाङ माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पु¥याउने महत्त्वपूर्ण भूमिकामा सफल हुने विश्वास व्यक्त गरे ।

चिनियाँ राजदूत माओमिङले व्यस्तताकाबीच शिष्टाचार भेटका लागि समय उपलब्ध गराइदिएकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद ज्ञापन गरे । यस्तै राजदूत माओमिङले प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने सुनिश्चितता भएको भन्दै बधाइ ज्ञापन गरे । नेपालको यस प्रक्रियामा चीनको साथ र सहयोग रहेको पनि उनले बताए ।

प्रधानमन्त्री कार्कीले पनि नेपालको लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा निर्वाचनमा चीनबाट प्राप्त सदासयता र सहयोगका लागि कृतज्ञता ज्ञापन गरिन् । साथै विकासका विभिन्न परियोजना र आयामहरुमा चीनबाट प्राप्त सहयोग र साझेदारीका अवसरहरुप्रति नेपाल र नेपाली जनताका तर्फबाट आभार व्यक्त गरिन् ।

भेटका क्रममा प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत माओमिङले दुवै देशका जनताले मनाउँदै गरेको नयाँ वर्ष (घोडा वर्ष) का अवसरमा शुभकामना पनि आदानप्रदान गरे ।

संस्कृति, भूगोल र ऐतिहासिक सम्बन्धले दुवै मुलुकलाई कसिलोसँग जोडेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग रहेको, एक चीन नीति अवलम्बन गर्दै आएको र निकट छिमेकी मुलुकको अहितमा कुनै पनि गतिविधि हुन नदिनेमा पनि सदाझैँ स्पष्ट रहेको बताइन् ।

चिनियाँ राजदूत माओमिङले नेपाल सरकारको यस नीति र अडानका लागि चिनियाँ जनता र त्यहाँका राष्ट्रपतिको तर्फबाट धन्यवाद व्यक्त गरे ।

यो समाचारमा

सिंहदरवारसुशीला कार्कीकाठमाडौँनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...