निर्वाचनको मिति नजिकिदै, सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा

Author

सजिलो पत्रिका

२०८२ फागुन १४, बिहिबार

14
Share
Featured

काठमाडौँ

निर्वाचनको मिति नजिकिएसँगै रौतहटको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी जिल्लाका विभिन्न नाकाहरूमा विशेष निगरानी बढाइएको हो । विशेषगरी रौतहटको ईशनाथ नगरपालिका अन्तर्गत पर्ने लतमरी सीमावर्ती नाकामा सशस्त्र प्रहरी बलले कडा चेकजाँच सुरु गरेको छ । सीमा क्षेत्रमा आवतजावत गर्ने मोटरसाइकल र अन्य सवारी चालकहरूको अनुमतिपत्र तथा आवश्यक कागजातहरूको परीक्षण भइरहेको छ ।

निर्वाचनको समयमा सीमापारिबाट हातहतियार, विष्फोटक पदार्थ, मदिरा र लागुऔषध जस्ता अवैध वस्तुहरू भित्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी र नेपाल प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप वस्यालले बताए ।

उनका अनुसार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अगाडी (फागुन १८ गतेदेखि) सीमा नाका पूर्ण रूपमा बन्द गरिने छ । मतदाताहरूले भयरहित वातावरणमा मतदान गर्न सकून् भन्ने उद्देश्यले जिल्लाभर मदिरा बिक्री–वितरणमा समेत प्रतिबन्ध लगाइएको छ ।

सुरक्षा निकायले कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन र निर्वाचन आचारसंहिताको पालना गराउन चौबीसै घण्टा गस्ती र निगरानी गरिरहेको जानकारी दिएको छ ।

यो समाचारमा

ईशनाथ नगरपालिकारौतहटकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...