६.०३ अंकले बढेको नेप्सेमा चार अर्बको कारोबार

Author

सजिलो पत्रिका

२०८२ फागुन १४, बिहिबार

20
Share
Featured
  • नेप्से परिसूचक लगातार तेस्रो दिन ६.०३ अंकले बढेर २६५४.९३ विन्दुमा पुगेको छ; होटल तथा पर्यटन, उत्पादन, माइक्रोफाइनान्स र म्यूचुअल फण्ड बाहेक सबै समूहमा वृद्धि देखिएको छ, निर्जीवन बीमा समूहमा १%भन्दा बढी बढ्यो।
  • साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिलको शेयर झन्डै १०%ले उकालो लाग्दा श्रीनगर एग्रिटेकको शेयर करिब ३.५%भन्दा बढी घटेको छ।
  • बजार बढे पनि कारोबार रकम घटेको छ; आज ३३५ कम्पनीका १.०५ करोड कित्ता शेयर ४ अर्ब १७ करोड ४६ लाख रुपैयाँमा कारोबार भयो (हिजो ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँ)।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

शेयर बजार लागातर तेस्रो दिन आज पनि बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ६.०३ अङ्कले बढेर २६५४.९३ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, उत्पादन, माइक्रोफाइनान्स र म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर बढ्दा निर्जिवन विमा समूहमा एक प्रतिशत भन्दा धेरैको वृद्धि भएको छ ।

आज साल्पा विकास बैंक र रिलायन्स स्पीनिङ मिलको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज श्रीनगर एग्रिटेक कम्पनीको शेयर साढे ३ प्रतिशत भन्दा धेरैले घटेको छ । बजार बढेपनि आज कारोबार रकम भने घटेको छ ।

हिजो चार अर्ब ४५ करोड ११ लाख रुपैयाँको कारोवार भएकोमा आज तीन सय ३५ वटा कम्पनीका १ करोड ५ लाख कित्ता शेयर चार अर्ब १७ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ । 

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...