राजपरिवारका सदस्यहरू सडकमा उत्रिने दुर्गा प्रसाईँको दाबी

Author

सजिलो पत्रिका

२०८२ फागुन १४, बिहिबार ११:४३

15
Share
Featured
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजपरिवारका सदस्यहरू राष्ट्र र धर्म संरक्षणका लागि सडकमा उत्रने तयारीमा रहेको दाबी गरेका छन्।
  • उनले नेपाललाई संकटबाट जोगाउन भन्दै फागुन १६ गतेभित्र काठमाडौँमा उपस्थित हुन सर्वसाधारणलाई आह्वान गरेका छन्।
  • निर्वाचन बिथोल्ने आरोपमा पक्राउ परेका प्रसाईँ हालै रिहा भएका छन् र आन्दोलनलाई पुनः तीव्र पार्ने घोषणा गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाद प्रसाईले राजपरिवारका सदस्यहरू अब राष्ट्र रक्षाका लागि आफैँ सडकमा उत्रिने दाबी गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै प्रसाईँले राजपरिवारका सदस्यहरू धर्मको संरक्षण र नागरिकको हितका लागि सडकमा आउने तयारीमा रहेको उल्लेख गरेका हुन्।

प्रसाईँले नेपाललाई 'युक्रेन' जस्तो संकटपूर्ण अवस्थामा पुग्नबाट जोगाउन भन्दै आगामी फागुन १६ गतेभित्र सम्पूर्ण नेपालीहरूलाई काठमाडौँमा उपस्थित हुन हार्दिक आह्वान समेत गरेका छन्। उनले लेखेका छन्, "राजपरिवारका सदस्यहरू स्वयम् अब राष्ट्रको रक्षा र धर्मको संरक्षणका लागि सडकमा उत्रने तयारीमा रहनुभएको छ, सबै एकजुट भई काठमाडौँ आउनुहोस्।"

निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा निर्वाचन आयोगको पत्राचारपछि प्रसाईँलाई गत फागुन ४ गते प्रहरीले पक्राउ गरेको थियो। उनी मंगलबार मात्रै हिरासतबाट रिहा भएका हुन्। रिहा भएलगत्तै उनले पुनः आफ्नो आन्दोलन र अभियानलाई तीव्र पार्ने घोषणा गरेका छन्।

यो समाचारमा

काठमाडौँदुर्गा प्रसाद प्रसाई

ट्यागहरू

#दुर्गा प्रसाईं#निर्वाचन आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू