कराते टोली रुस जाने

Author

सजिलो पत्रिका

२०८२ फागुन १२, मङ्गलबार

19
Share
Featured

काठमाडौँ

नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन पाँच  खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रूसको मस्को जाने भएको छ ।

फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितमा चार पुरुष र एक महिला खेलाडीले नेपालबाट सहभागिता जनाउने छन् । पुरुष ७० किलोमा सनीसिंह सुनार, ७५ किलोमा  सागर विष्ट, ८० किलोमा मुकेशकुमार चन्द र ३० किलोमा ब्रिनिश महर्जनले खेल्नेछन् । महिला ५५ किलोमा बबिता कार्कीले प्रतिस्पर्धा गर्नेछिन् । प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट सङ्घका ब्रान्च चिफसमेत रहेका अध्यक्ष वीरकृष्ण महर्जन छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित  एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

यो समाचारमा

काठमाडौँरूसनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौँ।विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि १० औँ मिनेटमा एलेक्सिस

    Data is loading...

    Loading brands...

    Loading footer...