दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

Author

सजिलो पत्रिका

२०८२ फागुन १२, मङ्गलबार

24
Share
Featured
  • सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो।
  • निर्वाचन आचारसंहिता विपरीत गतिविधि र निर्वाचनबारे भ्रम फैलाएको आरोपमा उनलाई माघ ४ गते पक्राउ गरिएको थियो; उनले गैरकानुनी गिरफ्तारी भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
  • ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईं यसअघि पनि पक्राउ–रिहाइ हुँदै आएका थिए; पछिल्लो पटक पुनः पक्राउ परेपछि सर्वोच्चले रिहा गर्ने निर्णय गरेको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईलाई थुनामुक्त गर्न आदेश दिएको छ। मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई हिरासतबाट मुक्त गर्न आदेश दिएको हो।

निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गरेको र फागुन २१ को निर्वाचन हुँदैन भन्दै भ्रम फैलाएको आरोपमा प्रसाईंलाई गत माघ ४ गते पक्राउ गरिएको थियो। आफ्नो गिरफ्तारी गैरकानुनी भएको दाबी गर्दै उनले माघ ५ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो।

'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान' का संयोजक रहेका प्रसाईं यसअघि पनि पटक-पटक पक्राउ पर्दै र छुट्दै आएका थिए। पछिल्लो पटक वीरगञ्ज जाने क्रममा दक्षिणकालीबाट पक्राउ परेका उनी माघ २५ गते हाजिरी जमानीमा छुटेका थिए। तर, पुनः पक्राउ परेपछि सर्वोच्चले उनलाई थुनामुक्त गर्ने निर्णय गरेको हो।

यो समाचारमा

दुर्गा प्रसाद प्रसाईकाठमाडौँसर्वोच्च अदालत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...