रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

Author

सजिलो पत्रिका

२०८२ फागुन १२, मङ्गलबार

22
Share
Featured
  • रोल्पाको रुन्टीगढी–५ खुम्बासमा जिप दुर्घटना हुँदा २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको छ।
  • दुर्घटना दाङको घोराहीबाट रोल्पाको परिवर्तन–बागमारा जाँदै गरेको लु १ ज ४८५४ नम्बरको टाटा सुमो जिप सडकबाट तल खसेर भएको थियो।
  • जिपमा ११ जना यात्रु थिए; दुर्घटनाको प्रारम्भिक अनुसन्धानले अनियन्त्रित भएर सडकबाट खसेको देखाएको छ। उद्धार र अनुसन्धान कार्य जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रोल्पाको रुन्टीगढी गाउँपालिका–५ खुम्बासमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दाङको घोराहीबाट रोल्पाको परिवर्तन गाउँपालिकास्थित बागमाराका लागि छुटेको लु १ ज ४८५४ नम्बरको टाटा सुमो जिप सडकबाट तल खसेर दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परी परिवर्तन गाउँपालिका–६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको छ। ११ जना यात्रु बोकेर हिँडेको उक्त जिप अनियन्त्रित भई सडकबाट खसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ भने प्रहरीले उद्धार र अनुसन्धान कार्य जारी राखेको छ।

यो समाचारमा

परिवर्तन गाउँपालिकारुन्टीगढी गाउँपालिकाकाठमाडौँदाङ
रोल्पा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाँकेमा १३ करोड ६१ लाखका सामान बरामद

    काठमाडौं । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु. १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३

    Data is loading...

    Loading brands...

    Loading footer...