मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गरिने

Author

सजिलो पत्रिका

२०८२ फागुन १२, मङ्गलबार

29
Share
Featured
  • निर्वाचन आयोगले प्रतिनिधि सभा प्रत्यक्षतर्फको अन्तिम नतिजा मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ; समानुपातिक नतिजामा भने १–२ दिन थप लाग्न सक्छ।
  • उपत्यका बाहिर मतपत्र ढुवानी सम्पन्न भइसकेको छ र काठमाडौँ उपत्यकामा छिट्टै पुर्‍याइनेछ; मतदान अधिकृतहरूको तालिम पनि पूरा गरी खटाइनेछ।
  • आयोगले सामाजिक सञ्जालमा भ्रामक सूचना नफैलाउन आग्रह गर्दै मतदान फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम नतिजा मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार यसपटक प्रतिनिधि सभाको मात्र निर्वाचन भएकाले मतगणना कार्य छिटो सम्पन्न हुनेछ। समानुपातिकतर्फको नतिजाका लागि भने थप एक–दुई दिन लाग्न सक्ने आयोगले जनाएको छ।

आयोगका अनुसार उपत्यका बाहिरका जिल्लामा मतपत्र ढुवानी भइसकेको छ भने काठमाडौँ, ललितपुरभक्तपुरमा आज (मंगलबार) साँझसम्म पुर्‍याइनेछ। मतदान अधिकृतहरूको तालिम पनि आजै सम्पन्न गरी उनीहरूलाई कार्यक्षेत्रमा खटाइनेछ। हिमाली क्षेत्रका मतदातालाई मताधिकारबाट वञ्चित हुन नदिन अस्थायी मतदान केन्द्रबारे छिट्टै निर्णय गरिने आयुक्त भण्डारीले जानकारी दिए।

आयोगले निर्वाचनको मुखमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना नफैलाउन र निषेधको राजनीति नगर्न राजनीतिक दल तथा मतदाताहरूलाई आग्रह गरेको छ। प्रतिनिधि सभाका लागि मतदान आगामी फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ।

यो समाचारमा

निर्वाचन आयोगललितपुरभक्तपुरकाठमाडौँ
प्रतिनिधि सभा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...