रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन गरिन्छ : रवि लामिछाने

Author

सजिलो पत्रिका

२०८२ फागुन १२, मङ्गलबार

31
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले रास्वपाको सरकार बनेपछि विसं २०४६ सालपछि भएका सबै काण्डहरूको निष्पक्ष छानबिन गरिने दाबी गरेका छन् ।

सोमबार हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले फागुन २१ पछि गठन हुने रास्वपा सरकारले देशमा भएका ठुला भ्रष्टाचार काण्डहरूको फाइल खोल्ने स्पष्ट पारे । त्यसका लागि देशभरबाट रास्वपाका उम्मेदवारलाई जिताउनुपर्ने आवश्यकता औँल्याउँदै उनले मतदातालाई सही निर्णय गर्न आग्रह गरे ।

‘देशमा भएका ठुला भ्रष्टाचारका फाइल खोल्न रास्वपाको सरकार बन्नपर्छ,’ उनले भने, ‘निर्णय र फैसलाको दिन फागुन २१ गते नै हो । तपाईँहरूले गर्ने निर्णयले नै देशको भविष्य निर्धारण गर्नेछ। रास्वपा सरकारले निष्पक्ष रूपमा छानबिन गर्छ ।’

जेनजी आन्दोलनको क्रममा तत्कालीन नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबाको निवासमा जलेको पैसाको प्रसङ्ग उल्लेख गर्दै लामिछानेले त्यसलाई अकाट्य प्रमाणको रूपमा प्रस्तुत गरे ।

लामिछानेले विसं २०४६ सालपछि भएका सबै काण्डहरूको निष्पक्ष छानबिन गरिने र विदेशमा लुकाइएको सम्पत्तिसमेत खोजी गरिने दाबी गरे। निर्वाचन मिति सार्ने चर्चा चलिरहेको सन्दर्भमा उनले कुनै पनि बहानामा चुनाव नरोकिने स्पष्ट पारे।

‘लोकतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण कुरा जनताको मत हो,’ उनले भने, ‘जनता मत हाल्न तयार छन्। कुनै पनि दलले निहुँ खोज्ने काम गर्नु हुँदैन। रास्वपाले जस्तोसुकै मत परिणाम आए पनि स्वीकार गर्छ-एक नम्बर आए एक नम्बर, शून्य आए शून्य, हामीलाई स्वीकार्य छ ।’

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँशेर बहादुर देउबाहेटौंडा
रवि लामिछाने5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...