वीरगन्जमा कर्फ्यू हटाइयो, साँझ ६ बजेदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी

Author

सजिलो पत्रिका

२०८२ फागुन ११, सोमबार २०:०८

20
Share
Featured

काठमाडौँ

पर्साको वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा लगाइएको कर्फ्यू आदेश प्रशासनले हटाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख रहेको निष्कर्ष निकाल्दै आज (शुक्रबार) साँझ ४ः३० बजेदेखि कर्फ्यू हटाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, फागुन ११ गते बिहान ९ः४५ बजेदेखि लागू गरिएको कर्फ्यू सर्वदलीय बैठकको सहमति र सुरक्षा मूल्यांकनका आधारमा हटाइएको हो । प्रशासनले परिस्थिति क्रमशः सामान्य बन्दै गएकाले कफ्र्युलाई निरन्तरता दिन आवश्यक नदेखिएको जनाएको छ ।

कफ्र्यु हटाइए पनि स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको भन्दै प्रशासनले आजै बेलुकी ६ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । यो अवधिमा कुनै पनि प्रकारका भेला, आमसभा, जुलुस, र प्रदर्शन गर्न पाइने छैन ।

निषेधाज्ञा लागू हुने क्षेत्रहरू ः प्रशासनले निषेधाज्ञाको सीमा यस प्रकार तोकेको छ ः
पूर्व ः बाइपास रोड
पश्चिम ः रानीघाट पुल
उत्तर ः पावरहाउस चोक
दक्षिणः घण्टाघर चोक
स्थानीय प्रशासनले जारी गरेको आदेश उल्लंघन गर्ने जोसुकैलाई पनि ‘स्थानीय प्रशासन ऐन, २०२८’ बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । प्रशासनले हालको संवेदनशीलतालाई बुझिदिन र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ ।

महानगरका संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीको उपस्थिति भने बाक्लो बनाइएको छ ।

यो समाचारमा

वीरगञ्ज महानगरपालिकापर्साकाठमाडौँ

ट्यागहरू

#कर्फ्यू आदेश#जिल्ला सुरक्षा समिति#पर्सा#जिल्ला प्रहरी कार्यालय पर्सा#वीरगन्ज महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू